स्याङ्जामा आगलागीपछि बेहोस हुँदा एकको मृत्यु

स्याङ्जा | माघ २९, २०७९

स्याङ्जामा आगलागीपछि बेहोस हुँदा एकको मृत्यु

वालिङ: स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित बारी र खरबारीमा आगलागी हुँदा एक स्थानीयको ज्यान गएको छ । 

 

शनिबार दिउँसो आगलागीका कारण बेहोस भएका स्थानीय टीकाराम कुँवरको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । घर नजिकैको खरबारीमा लागेको आगो घरतर्फ आउन लागेपछि ६५ वर्षका कुँवर बेहोस हुनु भएको प्रहरीको भनाइ छ ।

 

आगलागी स्थानीय र प्रहरी मिलेर साढे २ घण्टामा निभाइएको छ ।

 

यसैबीच, वालिङमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक जना घाइते भएका छन् । 

 

वालिङ ८ को बगालेटोलमा ग १९ प १३१२ नम्बरको स्कुटर लु ८१ प ६७४७ नम्बरको मोटरसाइकल जुधेका हुन् । दुर्घटनामा परी स्कुटरको पछाडि बस्ने वालिङ ६ की पार्वती खाँण घाइते हुनुभएको छ । उहाँको पोखरामा उपचार भइरहेको छ । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्